साम्साले
दूध छाडेर कुहिएका खाना खाइरहेकै बेला अचानकै अक्षरहरूका छेऊबाट एउटा
कमिलो हिँड्यो ।काफ्काका शब्दसँगै काफ्काकै संसारमा पुगेको विजयलाई त्यो
कमिला देख्न धेरै बेर लाग्दैन । उसले कमिलालाई एकछिन घुरेर हेर्छ।सानामा
गुच्चालाई टुच्ची मारे जस्तरी कमिलालाई पर हुत्याइदिन्छ। फेरी पढ्न थाल्छ
। तर अघिल्लो लाइनमा बढ्नु अघि नै उसको ध्यान अर्को कमिलाले तान्छ।
सोफामुनि लुकिरहेको साम्साका मास्तिर हिँडीरहेको छ त्यो कमिला।विजयले बुढी
औंलामा चोरी औंलो अड्याएर गोलो बनाउँछ । एकैछिनमा त्यो कमिलो पनि हुत्तेर
पर पुग्छ। विजय फिस्स हाँस्छ। जसै किताबमा फर्किन्छ, अर्को कमिला फेरी
त्यसरीनै हिँडीरहेको देख्छ। अचम्म मान्दै उसले आँखा तन्काउनुभन्दा पहिले
नै बिस्तारै कमिलाको संख्या बढ्दै जान्छ। पहिला एउटा कमिला पानाको चेपबाट
निस्किन्छ। त्यसपछी अर्को, त्यसपछी अर्को, त्यसपछी अर्को गर्दै बिस्तारै
अक्षरभन्दा बढी कमिला हुन्छन। अक्षरहरूमाथि नै रङमङ्गीरहेका। तिनै
कमिलामध्ये एउटा सानो कालो कमिला बिस्तारै विजयका पाखुरातर्फ बढ्न थाल्छ।
विजयले अचम्म मानेर हेरीरहन्छ । नाडीनिर पुगेपछी त्यो कमिला टक्क अडिन्छ ।
विजयका निला मोटा नसा छालाबाहिरबाटै प्रष्ट देखिन्छन। त्यो कमिलाले
विस्तारै टाउको उठाएर विजयलाई हेर्छ । विजयका ठुला आँखा झन् ठुला हुन्छन।
उसले जे देख्छ, त्यसमा विश्वासै गर्न सक्दैन। अलि नजिक गएर नियालेर हेर्छ।
त्यो कमिलाको अनुहार काटीकुटी विजयकै छ। कमिला विजयलाई देखेर फिस्स
हाँस्छ। ठ्याक्कै विजयकै हाँसो । अघिल्तिर खप्टिएको ठ्याक्कै उस्तै दाँत।
विजयले त्योभन्दा बढी केही प्रतिक्रिया जनाउनु भन्दा पहिलेनै कमिलाले उसको
नाडीमा देखिएको निलो मोटो नसामा नराम्ररी टोक्छ। विजयलाई सहनै नसक्ने गरी
दुख्छ। चिच्याउन खोज्छ, तर आवाज नै निस्किँदैन। उसको हातबाट किताब खस्छ।
अचानकै के भयो थाहा छैन, तर विजयलाई सपनाबाट ब्युँझिएजस्तै लाग्छ। ऊ जहाँ थियो त्यहिँ छ, तर न उसको पाखुरामा सुल रोपेजस्तो भयानक दुखाइ छ, न त्यहाँ कुनै कमिला नै।
"तिमी जुनैबेलै किताबमै झुन्डेर बस्ने हो?"
शोभाको आवाजले विजय झसङ्ग हुन्छ। हेर्छ, शोभा ठुलो पेट लिएर उसका सामु उभिएकी छ।
विजयले केही समय लगाएर आफुलाई सम्हाल्छ। शोभाले भुइँमा खसेको किताब टिप्छे । विजयका अघिल्तिर तेर्स्याउँछे । विजय डराइ डराइ त्यो किताब हातमा लिन्छ। विस्तारै पाना पल्टाएर हेर्छ । अहँ, त्यहाँ एउटै कमिला छैनन्।
"ओइ मान्छे, तिमी किताबमै झुन्डेर बस्ने हो भन्या?"
विजयले शोभालाई हेर्छ । उसका दुवै हात कम्मरमा। आँखामा हल्का रिस।
"के भो?" विजय सामान्य देखिन खोज्छ ।
"आधा घण्टादेखि बोलाको बोलाइ छु, सुन्दैनौ?"
"ह्याँ पढ्दैथें नि त, किन के भो?"
"तिमी तरकारी ओइरेर आको हैन?"
"एsssss" विजय आत्तिंदै उठ्छ । भान्छातिर दौडिन लाग्छ ।
"भैसक्यो अब, पाकिसक्यो। मैले ग्यास बन्द गरिसकें।"
विजय रोकिन्छ। शोभालाई कर्के पाराले हेर्छ। शोभा मुसुक्क हाँस्छे।
"बेक्काराँ अत्याइदे'र मान्छेलाई।"
"के अत्याइदे'र नि? म घरमै छु र पो हेलचेक्र्याई गरेर बस्न नि पाछौ। म नभाको भए अहिले?"
"तिमी नभाको भए म घरमा खाना बनाइरन्थें र?"
"म बोझ भा'छु है तिम्लाई?"
"काँबाट कुरो बंग्याएर तिम्ले त्याँ पुर्यायौ?"
"अझ मैसँग झगडा गरेर बस न। अफिस जानु पर्दैन तिम्लाई? साँढे आठ भैसक्यो।"
विजय शोभालाई घुरेर हेर्छ। अनि हाँस्छ । शोभा पनि हाँस्छे।
"अनि यो च्या चैं किन नखाको?" शोभाले मेचछेऊ पर्खालमा राखेको कपतिर इंगीत गर्दै भन्छे । ज्या, दिमाग कता कता पुगेपछी विजयले चिया खानै बिर्सिएछ!!
शोभाले कप उठाएर विजयको हातमा दिन्छे । अनि आफु थपक्क मेचमा बस्छे । विजयले कपमा हेर्छ । उसलाई चियामा कमिला पौडिरहेको भान हुन्छ ।
"फ्याल्न पाउँदैनौ तिम्ले त्यो च्या।"
"हँsss?" विजयले अचम्म पर्दै शोभालाई हेर्छ । "अब यो चिसो च्या खानु मैले?"
"तातो हुँदा मैले खान रोक्या हो र?" शोभा बम्किन्छे ।
विजयले जवाफ फर्काउन खोज्छ, तर फेरी रोकिन्छ ।
"ल त भित्र हिँड । म लुगा फेरेर आउँछु अनि भात खाने ।"
"अहिले खान मन छैन मलाई।" शोभा मेचमा पलेंटी कसेर बस्न खोज्दै भन्छे ।
"के रे?"
"मन छैन क्या अहिले। तिमी खाएर जाऊ न, म अहिलेपछी खाउँला ।"
"अँ, त्यै भनेर बस न अहिले। खुरुक्क न खान आउने त्याँ। जहिले बहाना बना'छ बना'छ। हिँड।।"
शोभा मन नलागी नलागी उठेर भित्रतिर लाग्छे। विजय एकछिन पछाडी नै रोकिन्छ । कपतिर हेर्छ । अघि देखेजस्तो कमिला छैन त्यहाँ । उसले विस्तारै चियाको एक चुस्की लिन्छ । मुख बिगार्छ। उसको जिब्रोले अझैपनि चियाको स्वाद बिर्सिएको छैन ।
***
विजय जतिसक्दो आफ्नो पछिल्तिरको भित्तामा रहेको बडेमानको कमिलाको आफ्नो अघिल्तिरको ऐनामा परेको छाँयाका आँखामा नहेर्ने कोशिश गर्दैछ । कमिलाका चम्किला आँखा छल्न ऊ दाह्री काट्दा काट्दै दुई मिनेट ऐनामा घोत्लिएर आफुलाई नियाल्छ। उसलाई आफ्नो चिल्लो गाला मनपर्दैन। ख्याउटे देखिए जस्तै लाग्छ आफु उसलाई। को को अपरिचित मान्छे जस्तो पनि भान हुन्छ। कमिला!!!!तर शोभाले उसलाई दाह्री नकाटी घरबाहिर निस्किन दिन्न। बौलाहा जस्तै देखिन्छ भन्छे। विजयले नकाट्ने बहानाबाजी गरे आफैँ रेजर लिएर अघि तम्सिन्छे। शोभालाई जिस्काउन विजयलाई रमाइलो लाग्छ। कमिला!!!! त्यसैले ऊ कहिलेकाहिँ जानी जानी दाह्री काट्न बिर्सिएको अभिनय गर्छ । कमिला!!!!आज पनि अलिकति जिस्किने मुडमा बनाएर उसले त्यही गरेको हो, तर आज शोभाले झन्डै मारिन। कमिला !!!कमिला !!! हिजोआज उसको मुडको भर हुँदैन। छिनको छिनमै परिवर्तन भैरहन्छ। डाक्टरले भनेअनुसार यस्तो अवस्थामा यो सामान्य हो रे। कमिला !!! कमिला !!!! हरेक गर्भवती आइमाईलाई अन्तिमतिर यस्तै हुन्छ रे। हर्मोनको उतारचढावका कारणले हुने हो रे। तर पनि रिस्क नलिएकै बेश। बच्चालाई केही भैहाल्यो भने? कमिला !!!! कमिला !!! कमिला !!! यो भन्दा अघि पनि शोभाले दुईचोटी आफ्नो बच्चा गुमाइसकेकी छ ।कमिला !!! कमिला !!!कमिला !!!कमिला !!!
"तिमी अझै नि नक्कलै पार्दैछौ?"
विजय झसंग हुन्छ। शोभा कुनबेला देखि आएर ढोकामा उभिइरहेकी रहिछ । एकछिन शोभालाई हेर्छ, अनि भित्तातिर। अहँ, त्यहाँ कुनै कमिला छैन।
समय बदलियो । विजयका साथीहरू ठुला भए। उनीहरूले कमिलालाई दु:ख दिन छाडे। उनीहरूका लागि अब ति बच्चाका खेल भए। उनीहरूको उपद्र्याई उमेरसँगै बढ्दै गयो । उपद्र्याईसँगै उनीहरूका रहरहरू पनि फेरिँदै गए । विजय कुनै अपवाद थिएन। उसका पनि सपना, रहर, इच्छा र आकांक्षा हरेक मनसुन र जाडोसँगै फेरिए। कहिले डाक्टर, कहिले इन्जिनियर, कहिले वकिल त कहिले नेता। एसएलसी पास गर्ने बेलासम्ममा उसको रहर अंग्रेजी विषयमा मास्टर्स गरेर प्रोफेसर बन्नेमा आएर अडिएको थियो। त्यही सपना लिएर नै ऊ काठमाडौँ प्रवेश गर्यो। सोह्र बर्षमा उसका रहर बदलिएर बत्तीस भए । शारीरिक बनावटसँगै मानसिक रूपमा पनि ऊ परिवर्तित भएर गयो। लगभग सबै नै कुरा बदलिए, तर उसको एउटा रहर सदासर्वदा ज्युँका त्यूँ नै रह्यो। कहिँ कतै कमिला देख्ने बित्तिकै उसको त्यो रहर ब्युँतिएर आउँथ्यो। फरक यत्ति थियो, विजयको ति कमिलालाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको थियो ।
ब्यागको दोस्रो कम्पार्टमेन्ट खोल्ने बित्तिकै विजयको आँखा त्यहाँ राखेको किताबमा जान्छ । त्यही किताब । शोभाले राखीदिएकी हुनुपर्छ । उसलाई थाहा छ विजयलाई यो किताब औधी मनपर्छ । हरेक महिना कम्तिमा पनि एक चोटी त उसले पढेकै हुन्छ यो किताब। शोभालाई विजयको मानसिक तनाव र यो किताबबिच कस्तो अनौठो सम्बन्ध छ भन्ने पनि थाहा छ । तनावमा रहेका बेलामा विजयले एकै हप्तामा सातैचोटी सम्म नि पढीभ्याएको छ। यो हप्ता मात्रै तीन चोटी दोहोर्याइसक्यो उसले। बिहान चौथोपटक दोहोर्याउँदै थियो ऊ । तर पछिल्ला केही घटनाक्रम हेर्दा यो हफ्ता उसले आठै चोटी सम्म नि भ्याउने छाँट छ ।
विजयले किताबको कभरपेजलाई एकछिन टोलाएर हेर्छ। बिहानको कुराले उसको मनमा अनौठो किसिमको डर पैदा गरिदिएको छ, तर सँगसँगै उस्तै अनौठो उत्सुकता पनि। यो किताबले उसलाई, उसका भावनाहरूलाई कति मजाले प्रस्तुत गरेको छ। यस्तो लाग्छ काफ्काले यो किताब उसैका लागि भनेर लेखेका हुन्। उसैलाई नै हेरेर लेखेका हुन्। त्यो किताबको नामैले पनि उसभित्र एउटा अनौठो उत्सुकता उत्पन्न गराइदिन्छ। खोलुँ खोलुँ लाग्छ। फेरी पढ्न सुरु गरूँ गरूँ लाग्छ। तर पाना पल्टाउन खोज्दा अचानकै विजयका हात काम्छन । फतक्कै गलेजस्ता हुन्छन । किन? बिहानको त्यो घटना त कल्पना मात्रै थियो हैन र? तर किन आइरहेछन विजयलाई यस्तो कल्पना? के यही किताबको असर हो? कि घर र अफिसको कामका बोझले बढ्दै गएको तनावका कारणले हो? के शोभा उसलाई साँच्चै बोझ लाग्न थालेकी हो? कतै ऊ यी सबै व्यवहारबाट भागेर मुक्त हुने आकांक्षा त उमार्दै छैन मनभित्र?
वेटिङ लाउन्जमा मानिसहरूको भिड छ । एमर्जेन्सीमा ल्याएका बिरामीका आफन्त भएकाले एक बिरामी, एक कुरुवा नियम लागु हुँदैन । भएपनि कसैले टेर-पुच्छर लाउने होइनन् । भित्र बिरामी भन्दा बाहिर तिनका आफन्त बढी छटपटाइरहेको भान हुन्छ । नहोउन पनि किन? आफ्ना मान्छे मर्छ की बाँच्छ बह्न्ने अन्यौल, अनि बाँचेन भन्ने खबर सुन्न जति गाह्रो अरू के नै हुन्छ होला र? अहिले विजयलाई भैरहेको छट्पटी पनि त्यस्तै होइन र? शोभालाई केही भैहाल्यो भने उसले के गर्ला? अनि बच्चा? हस्पिटलबाट घर फर्किने बित्तिकै विजयले सिंढीलाई केही गर्ने सोच्छ, तर के गर्ने? भत्काउने? सिंढीको त गल्ती होइन । सिंढीले शोभालाई चिप्लाइदिएको त होइन । शोभालाई माथिल्लो तल्लामा नजान भन्दा भन्दै पनि ऊ आफैँ गएकी हो । गल्ति शोभाको नै हो । ऊ नै मान्छे अटेरी छे । विजयलाई अचानकै शोभा सम्झेर रिस उठेर आउँछ । ऊ किन चुपो लागेर तलै बसिरहन सकिन?
विजयको छटपटी अचानकै बढेर आउँछ । ऊ उठेर बाथरुमतिर जान्छ । बाथरुम प्याक छ । भित्र पस्नको लागि लामो लाइन छ । विजय लाम लागेर झ्यालबाट बाहिर हेर्छ । हस्पिटल अगाडीको एउटा सानो होटल अझै पनि खुल्लै छ । केही बिरामी कुरुवाहरू त्यहाँ खाना खाँदैछन । त्यहाँ म:म: पाकीरहेछ । विजयलाई एक्कासी म:म: खान मन लागेर आउँछ । म:म:को मिठो गन्ध उसको नाकको पोरा हुँदै दिमागसम्म पुग्छ । दिउँसोदेखि खाली रहेको उसको पेट एकपल्ट मजैले कराउँछ । विजयलाई बल्ल भोक लागेको भान हुन्छ । बाथरुम गएर फर्किएपछी दुई प्लेट म:म: खाएर आउने उसले मन बनाउँछ ।
बाथरुमबाट फर्किंदा विजयले एउटा अनौठो आवाज सुन्छ । हस्पिटलकै एमर्जेन्सी वार्डतर्फ जाने बरन्डाबाट आइरहेको छ त्यो आवाज । शोभाको अप्रेसन अहिले त्यहिँ एउटा वार्डमा भैरहेको छ । त्यो आवाज पहिले सानो सुनिन्छ । कोही रोएको जस्तो । हस्पिटलमा कसैको चित्कार सुनिनु ठुलो कुरा होइन, तर बरन्डाको अर्को कुनासम्मै कोही मान्छे छैनन्! बरन्डा खाली छ । बिरामी स्वयम्को चित्कार पनि हुन सक्छ । हे भगवान, शोभा? विजयको छाती ढक्क फुलेर आउँछ । पाइला टक्क अडिन्छन । तर आवाज वार्डभित्रबाट आइरहेको छैन । विजय हिम्मत गरेर अगाडी बढ्छ । शोभाको वार्ड जति जति नजिक आउँछ, चित्कार झन् झन् ठुलो हुँदै जान्छ । सँगसँगै विजयको मुटु पनि चाँडो चाँडो ढुकढुक गर्दै जान्छ । शोभालाई राखेको वार्डको अघिल्तिर आइपुग्दासम्म उसको छट्पटी बढेर उसलाई गाह्रो भैसकेको हुन्छ । त्यहाँ उसले जे देख्छ, त्यसले उसको डर कम भएर जाँदैन । शोभाको वार्डको ढोकाबाहिर रगतको लामो धर्को देखिन्छ । कसैले कसैको लाश घिसार्दै लागेको जस्तो देखिने त्यो रगतको धर्को शोभाको ढोकाभित्र बाट सुरु भएर अगाडी बरन्डामा गएर मोडिएको छ । आवाज पनि त्यतै बरन्डाबाट आइरहेको छ । विजय त्यही रगत पछ्याउँदै आवाज आएतिर दौडिन्छ । बरन्डाको कुनाबाट चिहाएर हेर्छ ।
त्यो ठुलो कमिलाको अनुहारमा विजयले बिहान बाथरुमको ऐनामा देखेजस्तै भाव छ । विजयको सपनामा जस्तै शान्त र अवोध देखिन्छन उसका आँखा । फरक यत्ति हो ति आँखामा विजयले पहिले देखे जस्तो चमक छैन । आँखा भावविव्हल देखिन्छन । आँसु खसेको छैन, तर पनि त्यो ठुलो कमिलाको तिखो चित्कारले उसलाई भैरहेको पिडा प्रष्ट थाहा पाउन सकिन्छ । रगतपक्ष छ उसको शरीर । अनि उसको शरीरलाई घिसार्दै लिएर गैरहेकाछन् अनगिन्ति साना काला कमिला । ति सबै साना काला कमिलाको अनुहार काटीकुटी विजयकै जस्तो छ । काटीकुटी । ठ्याक्कै उस्तै अघिल्तिर खप्टिएका दाँत । विजय ति आफ्ना अनुहार भएका अनगिन्ति साना काला कमिलाले त्यो एउटा ठुलो अवोध कमिलालाई लछार्दै, घिसार्दै लगेको हेरिरहन्छ ।
केहीबेरको चित्कारपछी विजयलाई हल्का भएको अनुभव हुन्छ । यस्तो लाग्छ मानौं उसको छातीबाट एउटा ठुलो ढुङ्गा उत्रेको छ । ऊ सबै व्यवहारबाट मुक्त भएको छ । सबै औपचारिकताबाट स्वतन्त्र । उसले फेरी एकपटक लामो सास फेर्छ । हावासँगै म:म:को मिठो गन्ध उसको नाकभित्र पस्छन । उसको पेटले भोक लागेको सङ्केत गर्छ । दिउँसोदेखि केही खाएको छैन उसले । विजय कतै नहेरी होटेलतर्फ पाइला तताउँछ ।
अचानकै के भयो थाहा छैन, तर विजयलाई सपनाबाट ब्युँझिएजस्तै लाग्छ। ऊ जहाँ थियो त्यहिँ छ, तर न उसको पाखुरामा सुल रोपेजस्तो भयानक दुखाइ छ, न त्यहाँ कुनै कमिला नै।
"तिमी जुनैबेलै किताबमै झुन्डेर बस्ने हो?"
शोभाको आवाजले विजय झसङ्ग हुन्छ। हेर्छ, शोभा ठुलो पेट लिएर उसका सामु उभिएकी छ।
विजयले केही समय लगाएर आफुलाई सम्हाल्छ। शोभाले भुइँमा खसेको किताब टिप्छे । विजयका अघिल्तिर तेर्स्याउँछे । विजय डराइ डराइ त्यो किताब हातमा लिन्छ। विस्तारै पाना पल्टाएर हेर्छ । अहँ, त्यहाँ एउटै कमिला छैनन्।
"ओइ मान्छे, तिमी किताबमै झुन्डेर बस्ने हो भन्या?"
विजयले शोभालाई हेर्छ । उसका दुवै हात कम्मरमा। आँखामा हल्का रिस।
"के भो?" विजय सामान्य देखिन खोज्छ ।
"आधा घण्टादेखि बोलाको बोलाइ छु, सुन्दैनौ?"
"ह्याँ पढ्दैथें नि त, किन के भो?"
"तिमी तरकारी ओइरेर आको हैन?"
"एsssss" विजय आत्तिंदै उठ्छ । भान्छातिर दौडिन लाग्छ ।
"भैसक्यो अब, पाकिसक्यो। मैले ग्यास बन्द गरिसकें।"
विजय रोकिन्छ। शोभालाई कर्के पाराले हेर्छ। शोभा मुसुक्क हाँस्छे।
"बेक्काराँ अत्याइदे'र मान्छेलाई।"
"के अत्याइदे'र नि? म घरमै छु र पो हेलचेक्र्याई गरेर बस्न नि पाछौ। म नभाको भए अहिले?"
"तिमी नभाको भए म घरमा खाना बनाइरन्थें र?"
"म बोझ भा'छु है तिम्लाई?"
"काँबाट कुरो बंग्याएर तिम्ले त्याँ पुर्यायौ?"
"अझ मैसँग झगडा गरेर बस न। अफिस जानु पर्दैन तिम्लाई? साँढे आठ भैसक्यो।"
विजय शोभालाई घुरेर हेर्छ। अनि हाँस्छ । शोभा पनि हाँस्छे।
"अनि यो च्या चैं किन नखाको?" शोभाले मेचछेऊ पर्खालमा राखेको कपतिर इंगीत गर्दै भन्छे । ज्या, दिमाग कता कता पुगेपछी विजयले चिया खानै बिर्सिएछ!!
शोभाले कप उठाएर विजयको हातमा दिन्छे । अनि आफु थपक्क मेचमा बस्छे । विजयले कपमा हेर्छ । उसलाई चियामा कमिला पौडिरहेको भान हुन्छ ।
"फ्याल्न पाउँदैनौ तिम्ले त्यो च्या।"
"हँsss?" विजयले अचम्म पर्दै शोभालाई हेर्छ । "अब यो चिसो च्या खानु मैले?"
"तातो हुँदा मैले खान रोक्या हो र?" शोभा बम्किन्छे ।
विजयले जवाफ फर्काउन खोज्छ, तर फेरी रोकिन्छ ।
"ल त भित्र हिँड । म लुगा फेरेर आउँछु अनि भात खाने ।"
"अहिले खान मन छैन मलाई।" शोभा मेचमा पलेंटी कसेर बस्न खोज्दै भन्छे ।
"के रे?"
"मन छैन क्या अहिले। तिमी खाएर जाऊ न, म अहिलेपछी खाउँला ।"
"अँ, त्यै भनेर बस न अहिले। खुरुक्क न खान आउने त्याँ। जहिले बहाना बना'छ बना'छ। हिँड।।"
शोभा मन नलागी नलागी उठेर भित्रतिर लाग्छे। विजय एकछिन पछाडी नै रोकिन्छ । कपतिर हेर्छ । अघि देखेजस्तो कमिला छैन त्यहाँ । उसले विस्तारै चियाको एक चुस्की लिन्छ । मुख बिगार्छ। उसको जिब्रोले अझैपनि चियाको स्वाद बिर्सिएको छैन ।
***
विजयलाई
सानैदेखि नै कमिलाहरूप्रति विशेष आकर्षण थियो । सानामा घरका दलिन, पिंढी र
आँगनमा लाइन लागेर हिँडिरहेका कमिलाहरू देख्दा उसलाई रमाइलो लाग्थ्यो । ऊ
तिनैलाई हेरेर घन्टौं बिताउँथ्यो। चौर र दोबाटोमा गुच्चा र ढ्याक
खेलिरहेका बेलामा उसले कमिला बस्ने घर पनि देखेको थियो। उनीहरू एउटा सानो
दुलोबाट भित्र र बाहिर गर्दै लामो ताँती लगाएर काम गरिरहेका हुन्थे। उसका
साथीहरू ति कमिलाका ताँती हिँडिरहेको बाटो छेकीदिन्थे । कति त मुति पनि
दिन्थे! कमिलाका झुण्ड तितरबितर भएपछी हाँस्थे । खुशीले
रमाउँदै उफ्रिन्थे । कहिले कहिले एउटा सिसिभित्र अलिकति चिनी छर्केर
त्यसमा धेरै कमिला जम्मा गर्थे। कताकताबाट खोजेर ल्याएर त्त्यसमा छेपारो
या माउसुली हालीदिन्थे। अनि रमाउँदै कमिलाले छेपारो/माउसुलीलाई मारेको
हेर्थे। विजय पनि त्यसमा सहभागी हुन्थ्यो, तर अप्रत्यक्ष रूपमा। ऊ टाढै
बसेर ति कमिलाका क्रियाकलाप नियाल्थ्यो । साथीभाइका माझ अलि कमजोर र
निर्धो भनेर परिचय पाएको विजयलाई ति कमिला बल र शक्तिका प्रतिक लाग्थे।
अनि नियाल्दा नियाल्दै घोत्लिन्थ्यो- म पनि कमिला हुन पाए?
***
अघिदेखि एउटा बडेमानको कमिला भित्तामा बसेर विजयलाई टुलुटुलु हेर्दैछ। त्यो कमिला आकारमा धेरै नै ठुलो छ । उभिने हो भने विजयभन्दा पनि धेरै नै अग्लो होला त्यो । मोटाइको त के कुरा भयो र। विजयले आजसम्म त्यति ठुलो कमिला देखेकै थिएन । त्यसैले त बेसिनमाथिको ऐनामा त्यसका ठुला ठुला चम्किला आँखा पहिलोचोटी देख्दा ऊ झन्डै ढलेन। तर पनि उसले आफुलाई सम्हाल्यो। भाग्नु न उभिरहनु, चिच्याउनु न चुपो लाग्नुको दोसाँधमा ऊ एकछिन त्यतिकै उभिईरह्यो!! ठिङ्ग!!!! तर कमिला शान्त बसिरह्यो । कमिलाले आफुलाई कुनै किसिमको आक्रमण नगर्ने देखेपछी विजयले पनि आत्तिनुको तुक देखेन । यसको अनुहार पनि बिहानको जस्तो विजयकै प्रतिरूप छैन, किन डराउनु? अहिले त्यो कमिला शान्त भएर टुलुटुलु विजयले अफिस ड्रेसमै दाह्री काटेको हेर्दैछ ।
अघिदेखि एउटा बडेमानको कमिला भित्तामा बसेर विजयलाई टुलुटुलु हेर्दैछ। त्यो कमिला आकारमा धेरै नै ठुलो छ । उभिने हो भने विजयभन्दा पनि धेरै नै अग्लो होला त्यो । मोटाइको त के कुरा भयो र। विजयले आजसम्म त्यति ठुलो कमिला देखेकै थिएन । त्यसैले त बेसिनमाथिको ऐनामा त्यसका ठुला ठुला चम्किला आँखा पहिलोचोटी देख्दा ऊ झन्डै ढलेन। तर पनि उसले आफुलाई सम्हाल्यो। भाग्नु न उभिरहनु, चिच्याउनु न चुपो लाग्नुको दोसाँधमा ऊ एकछिन त्यतिकै उभिईरह्यो!! ठिङ्ग!!!! तर कमिला शान्त बसिरह्यो । कमिलाले आफुलाई कुनै किसिमको आक्रमण नगर्ने देखेपछी विजयले पनि आत्तिनुको तुक देखेन । यसको अनुहार पनि बिहानको जस्तो विजयकै प्रतिरूप छैन, किन डराउनु? अहिले त्यो कमिला शान्त भएर टुलुटुलु विजयले अफिस ड्रेसमै दाह्री काटेको हेर्दैछ ।
विजय जतिसक्दो आफ्नो पछिल्तिरको भित्तामा रहेको बडेमानको कमिलाको आफ्नो अघिल्तिरको ऐनामा परेको छाँयाका आँखामा नहेर्ने कोशिश गर्दैछ । कमिलाका चम्किला आँखा छल्न ऊ दाह्री काट्दा काट्दै दुई मिनेट ऐनामा घोत्लिएर आफुलाई नियाल्छ। उसलाई आफ्नो चिल्लो गाला मनपर्दैन। ख्याउटे देखिए जस्तै लाग्छ आफु उसलाई। को को अपरिचित मान्छे जस्तो पनि भान हुन्छ। कमिला!!!!तर शोभाले उसलाई दाह्री नकाटी घरबाहिर निस्किन दिन्न। बौलाहा जस्तै देखिन्छ भन्छे। विजयले नकाट्ने बहानाबाजी गरे आफैँ रेजर लिएर अघि तम्सिन्छे। शोभालाई जिस्काउन विजयलाई रमाइलो लाग्छ। कमिला!!!! त्यसैले ऊ कहिलेकाहिँ जानी जानी दाह्री काट्न बिर्सिएको अभिनय गर्छ । कमिला!!!!आज पनि अलिकति जिस्किने मुडमा बनाएर उसले त्यही गरेको हो, तर आज शोभाले झन्डै मारिन। कमिला !!!कमिला !!! हिजोआज उसको मुडको भर हुँदैन। छिनको छिनमै परिवर्तन भैरहन्छ। डाक्टरले भनेअनुसार यस्तो अवस्थामा यो सामान्य हो रे। कमिला !!! कमिला !!!! हरेक गर्भवती आइमाईलाई अन्तिमतिर यस्तै हुन्छ रे। हर्मोनको उतारचढावका कारणले हुने हो रे। तर पनि रिस्क नलिएकै बेश। बच्चालाई केही भैहाल्यो भने? कमिला !!!! कमिला !!! कमिला !!! यो भन्दा अघि पनि शोभाले दुईचोटी आफ्नो बच्चा गुमाइसकेकी छ ।कमिला !!! कमिला !!!कमिला !!!कमिला !!!
"तिमी अझै नि नक्कलै पार्दैछौ?"
विजय झसंग हुन्छ। शोभा कुनबेला देखि आएर ढोकामा उभिइरहेकी रहिछ । एकछिन शोभालाई हेर्छ, अनि भित्तातिर। अहँ, त्यहाँ कुनै कमिला छैन।
***
समय बदलियो । विजयका साथीहरू ठुला भए। उनीहरूले कमिलालाई दु:ख दिन छाडे। उनीहरूका लागि अब ति बच्चाका खेल भए। उनीहरूको उपद्र्याई उमेरसँगै बढ्दै गयो । उपद्र्याईसँगै उनीहरूका रहरहरू पनि फेरिँदै गए । विजय कुनै अपवाद थिएन। उसका पनि सपना, रहर, इच्छा र आकांक्षा हरेक मनसुन र जाडोसँगै फेरिए। कहिले डाक्टर, कहिले इन्जिनियर, कहिले वकिल त कहिले नेता। एसएलसी पास गर्ने बेलासम्ममा उसको रहर अंग्रेजी विषयमा मास्टर्स गरेर प्रोफेसर बन्नेमा आएर अडिएको थियो। त्यही सपना लिएर नै ऊ काठमाडौँ प्रवेश गर्यो। सोह्र बर्षमा उसका रहर बदलिएर बत्तीस भए । शारीरिक बनावटसँगै मानसिक रूपमा पनि ऊ परिवर्तित भएर गयो। लगभग सबै नै कुरा बदलिए, तर उसको एउटा रहर सदासर्वदा ज्युँका त्यूँ नै रह्यो। कहिँ कतै कमिला देख्ने बित्तिकै उसको त्यो रहर ब्युँतिएर आउँथ्यो। फरक यत्ति थियो, विजयको ति कमिलालाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको थियो ।
***
विजयले काम गर्नै सकिरहेको छैन । बारम्बार
दिमागमा कमिला मात्र नाचिरहेछन। ज्वरो आउला जस्तो भएर आएको छ । ऊ सर्टको
टाँक तलसम्मै खोलेर बसेको छ, तर अहँ, शितल कति पनि भएको छैन । तालुदेखि
पैतालासम्मै दुखेजस्तो लाग्छ । उसलाई के हुँदैछ भनेर उसले सोच्न सकिरहेको
छैन । विजय आफ्नो ब्याग खोतल्न थाल्छ । औषधी यतै कतै हुनुपर्छ । शोभाको
सातौं महिना लागेदेखि नै घर, अफिस सबैतिर उसले एक्लैले भ्याउने गरेको छ ।
त्यसैले हिजा'ज ऊ केही थान पेनकिलर साथमा लिएरै हिड्छ । अब केहीदिन हो ।
अर्को हफ्तादेखि उसले अफिसबाट छुट्टी पाउनेछ । शोभालाई १० दिनपछीको डेट
दिएकाछन् डाक्टरले । त्यसपछी बल्ल उसले आरामले आराम गर्न पाउनेछ ।
ब्यागको दोस्रो कम्पार्टमेन्ट खोल्ने बित्तिकै विजयको आँखा त्यहाँ राखेको किताबमा जान्छ । त्यही किताब । शोभाले राखीदिएकी हुनुपर्छ । उसलाई थाहा छ विजयलाई यो किताब औधी मनपर्छ । हरेक महिना कम्तिमा पनि एक चोटी त उसले पढेकै हुन्छ यो किताब। शोभालाई विजयको मानसिक तनाव र यो किताबबिच कस्तो अनौठो सम्बन्ध छ भन्ने पनि थाहा छ । तनावमा रहेका बेलामा विजयले एकै हप्तामा सातैचोटी सम्म नि पढीभ्याएको छ। यो हप्ता मात्रै तीन चोटी दोहोर्याइसक्यो उसले। बिहान चौथोपटक दोहोर्याउँदै थियो ऊ । तर पछिल्ला केही घटनाक्रम हेर्दा यो हफ्ता उसले आठै चोटी सम्म नि भ्याउने छाँट छ ।
विजयले किताबको कभरपेजलाई एकछिन टोलाएर हेर्छ। बिहानको कुराले उसको मनमा अनौठो किसिमको डर पैदा गरिदिएको छ, तर सँगसँगै उस्तै अनौठो उत्सुकता पनि। यो किताबले उसलाई, उसका भावनाहरूलाई कति मजाले प्रस्तुत गरेको छ। यस्तो लाग्छ काफ्काले यो किताब उसैका लागि भनेर लेखेका हुन्। उसैलाई नै हेरेर लेखेका हुन्। त्यो किताबको नामैले पनि उसभित्र एउटा अनौठो उत्सुकता उत्पन्न गराइदिन्छ। खोलुँ खोलुँ लाग्छ। फेरी पढ्न सुरु गरूँ गरूँ लाग्छ। तर पाना पल्टाउन खोज्दा अचानकै विजयका हात काम्छन । फतक्कै गलेजस्ता हुन्छन । किन? बिहानको त्यो घटना त कल्पना मात्रै थियो हैन र? तर किन आइरहेछन विजयलाई यस्तो कल्पना? के यही किताबको असर हो? कि घर र अफिसको कामका बोझले बढ्दै गएको तनावका कारणले हो? के शोभा उसलाई साँच्चै बोझ लाग्न थालेकी हो? कतै ऊ यी सबै व्यवहारबाट भागेर मुक्त हुने आकांक्षा त उमार्दै छैन मनभित्र?
***
बिए
प्रथम वर्षमा पढ्दा पहिलोपल्ट उसको हात परेको थियो त्यो किताब । उसका
प्रोफेसरले पढ्न भनेर दिएका थिए उसलाई । अंग्रेजी विषयप्रति उसको भर्खर
भर्खरै पलाएको मोह, अंग्रेजीकै प्रोफेसर बनेर जीवन बिताउने उसको नयाँ नयाँ
सपना रहेकाले विजय जुनैबेला अंग्रेजी साहित्यकारहरूकै रचनाहरूमा
झुण्डीरहन्थ्यो । कहिले डिकन्स, कहिले बाइरन, कहिले शेक्सपियर, त कहिले
वुल्फ़ । अस्टन र ह्युगोदेखि, वाइल्ड र फिजेराल्डसम्मका किताब उसले पढेर
भ्याइसकेको थियो । त्यही मौकामा उसको हात परेको थियो यो किताब । अनि
पहिलोपल्ट पढेदेखि नै विजय र यो किताबका बिचमा एउटा अनौठो सम्बन्ध बनेको
थियो । काठमाडौँको जीवनदेखि दुई बर्षमै भरीइसकेको उसको मन, उसले
आफुलाईभन्दा धेरै माया गर्ने उसकी क्लासकी केटी श्वेताले उसलाई बाल दिँदा
दुखेका उसका भावना, कमाएर घरमा समेत पैसा पठाउनुपर्ने बाध्यता, अनि
अनगिन्ति मान्छेहरूसँग गर्नुपर्ने अनावश्यक औपचारिकताबाट भाग्न नसकेर
बाँचीरहेका बेला यो किताब उसको जीवनमा अनौठो आत्मियता लिएर आएको थियो ।
साम्सामा उसले आफुलाई नै देखेको थियो । साम्सा कुन किरोमा परिवर्तन भयो
भनेर लेखकले कहिले खुलाएनन, तर विजयको दिमागले त्यसलाई कमिला नै सोच्यो ।
त्यो कमिलाले उसको पुरै जीवन, उसका सपना र उसका प्रत्येक भावनाको
प्रतिनिधित्व गरेजस्तो लाग्थ्यो विजयलाई । प्रत्येक लाइन, प्रत्येक
पानासँगै उसको त्यो पात्र, त्यो किताबप्रतिको मोह बढ्दै गएको थियो । त्यो
मोह कहिले कुन समयमा गएर आशक्ति नै बन्यो, स्वयम विजयलाई पनि पत्तो भएन ।
***
विजय
एक्कासी निद्राबाट किन र कसरी ब्युँझियो, उसले ठम्याउन सकिरहेको छैन ।
निद्रामा उसले त्यस्तो केही देखेजस्तो नि लाग्दैन । अरू त्यस्तो ब्युँझनै
पर्ने परिस्थिती पनि केही परेजस्तो छैन । कोठा निस्पट्ट अँध्यारो छ ।
बाहिर उस्तै चकमन्न। टाढा टाढा कुकुरहरू भुकेको बाहेक अरू कुनै आवाज छैन ।
फेरी किन ब्युँझियो? शोभाले बोलाएकी भनुँ भने ऊ अझै निद्रामै छे जस्तो छ।
खै कुनै आवाज छैन त!!
विजयले आफ्नो साइड टेबलको लम्फा बाल्छ । कोठा झलमल्ल हुन्छ । हेर्छ, शोभा ओछ्यानमा छैन । शोभालाई बोलाउँछ, तर कुनै जवाफ आउँदैन । ओछ्यानबाट उठेर सँगै जोडिएको बाथरूमतिर हेर्छ । बाथरुमको ढोकाको तलबाट बत्तिको उज्यालो आइरहेछ । ढोका ढक्ढकाउँछ । शोभालाई बोलाउँछ । भित्र कोही रोइरहेजस्तो लाग्छ , तर जवाफ आउँदैन । डराइ-डराइ ढोका खोलेर विस्तारै भित्र चियाउँछ । शोभा भुइँमा लडेकी छ । अर्ध-निर्वस्त्र । व्यथाले छटपटाइरहेकी । उसको शरीर रगतको आहालमै डुबेसरी भएको छ । उसले विजयलाई देख्छे । मायालु नजरले उतिर हेर्छे । आँखाभरी आँसु । ऊ केही भन्ने प्रयास गर्दैछे, तर सकिरहेकी छैन । आवाज नै निस्किरहेको छैन ।
विजय आत्तिँदै शोभाका छेवैमा गएर बस्छ । शोभालाई अचानकै के भयो? के बच्चा फेरी खेर गएकै हो? डाक्टरलाई बोलाउने? एम्बुलेन्स? के गर्ने के, उसले भेऊ पाउन सकिरहेको छैन । उसले बच्चा पेटमा भएदेखि जन्मिएपछी सम्मका बारेमा किताबहरू पक्कै पढेको थियो । शोभालाई नि पढाएको थियो, तर ति सबै अक्षर, सबै शब्द अहिलेको अवस्थामा मेल खाइरहेका छैनन्। उसले शोभालाई सान्त्वना दिनेभन्दा बढी केही गर्न सकिरहेकै छैन । के गर्ने? के?
शोभा अझै बढी छटपटाउन थाल्छे । विजयलाई शोभाको गुप्तांगबाट केही निस्किरहेझैँ लाग्छ। बच्चा? उसको मनमा एउटा अनौठो आश पलाउँछ । अनुहारमा एउटा अनौठो रौनक । ऊ शोभाको शिर छोडेर खुट्टातिर आएर बस्छ । शोभाको यौनांगबाट केही कुरो निस्किँदैछ, तर जे निस्किँदैछ के त्यो बच्चा हो? सुरुमा दुई'टा लामा लामा काला सिन्काजस्ता केही कुरा निस्किन्छन। अनि तिसँग सँगै निस्किन्छ एउटा उस्तै कालो गोलो टाउको ।अनुहारनै पुरै ढाक्ने ठुला ठुला आँखा छन् त्यसको । विजयले ति आँखालाई पहिले कतै देखेको छ । ति आँखामा रहेको चमकलाई ऊ पहिल्यैदेखि चिन्दछ । विजय स्तब्ध छ । उसका हातहरू विस्तारै त्यो जन्मदै गरेको अनौठो प्राणीतर्फ बढ्छन् । विस्तारै त्यो अनौठो प्राणीको टाउको समाउँछन् । शोभाको छटपटी बढ्दै गैरहेको छ । विजयले विस्तारै त्यो अनौठो प्राणीलाई बाहिर निकाल्छ, तर त्यो अनौठो प्राणी जति जति बाहिर निस्किँदै जान्छ, त्यति त्यति अनौठो रहँदैन । शोभाभित्रबाट पुरै निस्किएर विजयका हातमा आइसकुन्जेलसम्ममा प्रष्ट हुन्छ, विजयले त्यो अनौठो प्राणीलाई राम्रोसँग चिन्दछ । एउटा ठुलो गोलो टाउको, उस्तै गोलो ठुलो जीउ । चम्किला ठुला आँखा । अनगिन्ति हातखुट्टा । बिहान उसको पाखुरामा नराम्ररी टोक्ने प्राणी, उसले दाह्री काटेको शान्त भएर नियालीरहने प्राणी अहिले उसैको सन्तान बनेर उसको हातमा सुतिरहेको छ । उसका ठुला चम्किला आँखा विजयलाई नै हेरिरहेका छन् । ति अवोध आँखामा एउटा अनौठो स्नेह देख्छ विजय । विजयको अनुहारमा विस्तारै खुशी बढ्दै गएको भान हुन्छ । उसको अनुहार उज्यालो हुँदै जान्छ । ऊ हाँस्छ । हल्का मुस्काउँछ । ऊभित्रको पितृत्व विस्तारै जाग्दै गएको छ । अचानकै कहिँ कतै टाढा केही बजेजस्तो लाग्छ । कुनै घन्टी! विजयले आफ्नो सन्तानलाई माया गरेर म्वाई खाइरहँदा त्यो आवाज बिस्तारै बढेर ठुलो हुँदै जान्छ । अझ ठुलो, अझ ठुलो!!!
औषधी खाएर किताब पढ्न बसेको विजय कुन बेला निदाएछ उसले पत्तै पाएन! अचानकै बजेको फोनको घन्टीले उसलाई ब्युँझाइदिँदा बेलुकीको चार बजिसकेको थियो । ब्युँझदा ऊसको टाउको भारी थियो, तर शरीर हल्का! पसीनाले निथ्रुक्कै भिजेको थियो ऊ । औषधीको असरले होला । ज्वरो रत्तिभर थिएन । फोनको घन्टी लगातार बजिरहेकै थियो । विजयलाई त्यो फोनको घन्टी कहिले त्यति प्यारो लागेको थिएन । विजयले सम्झन पनि नचाहने सपनाबाट ब्युँझाइदिएको त्यो फोनको घन्टी उसको जीवन रक्षार्थ आएको देवदूतसरह भएको थियो । तर कहिलेकाहिँ यथार्थ सपनाभन्दा पनि भयङ्कर भैदिन्छ । फोन उठाउने बित्तिकै उसको शरीर फतक्कै गलेर आयो । टाउकोको दुखाइ झन् बढेर गयो । ज्वरो ह्वात्तै बढेजस्तो भयो । फोन समाईरहेका उसका हात लगलग काम्न थाले । आँखाभरी डम्म आँसु भरिएर आयो । उसले राम्रोसँग जवाफ फर्काउन पनि सकेन । फोनको रिसिभर राम्रोसँग तल राख्न पनि नपाउँदै ऊ बेतोडले कोठाबाहिर कुँदीसकेको थियो । काफ्का उसको टेबलबाट खसेर भुइँमा झरेको पनि उसले पत्तो पाएन ।
एमर्जेन्सी
वार्डको ढोकाबाहिर रहेको ठुलो भित्तेघडी अहिले रातको सात बजेको सङ्केत
गर्दैछ । विजयको हातेघडीमा सवा सात भैसकेको छ । उसले घडी सधैं नै १५ मिनेट
चलाख नै राख्छ । यो गर्न उसलाई शोभाले नै लगाएकी हो । पहिले पहिले उसलाई
अप्ठेरो लाग्थ्यो । ऊ घडी हेरेर १५ मिनेट घटाएर हिसाब गरेर मात्र काम
गर्थ्यो । पछी बानी पर्दै गयो । अहिले त कति समय उसलाई याद पनि रहँदैन घडी
चलाख छ भनेर ।विजयले आफ्नो साइड टेबलको लम्फा बाल्छ । कोठा झलमल्ल हुन्छ । हेर्छ, शोभा ओछ्यानमा छैन । शोभालाई बोलाउँछ, तर कुनै जवाफ आउँदैन । ओछ्यानबाट उठेर सँगै जोडिएको बाथरूमतिर हेर्छ । बाथरुमको ढोकाको तलबाट बत्तिको उज्यालो आइरहेछ । ढोका ढक्ढकाउँछ । शोभालाई बोलाउँछ । भित्र कोही रोइरहेजस्तो लाग्छ , तर जवाफ आउँदैन । डराइ-डराइ ढोका खोलेर विस्तारै भित्र चियाउँछ । शोभा भुइँमा लडेकी छ । अर्ध-निर्वस्त्र । व्यथाले छटपटाइरहेकी । उसको शरीर रगतको आहालमै डुबेसरी भएको छ । उसले विजयलाई देख्छे । मायालु नजरले उतिर हेर्छे । आँखाभरी आँसु । ऊ केही भन्ने प्रयास गर्दैछे, तर सकिरहेकी छैन । आवाज नै निस्किरहेको छैन ।
विजय आत्तिँदै शोभाका छेवैमा गएर बस्छ । शोभालाई अचानकै के भयो? के बच्चा फेरी खेर गएकै हो? डाक्टरलाई बोलाउने? एम्बुलेन्स? के गर्ने के, उसले भेऊ पाउन सकिरहेको छैन । उसले बच्चा पेटमा भएदेखि जन्मिएपछी सम्मका बारेमा किताबहरू पक्कै पढेको थियो । शोभालाई नि पढाएको थियो, तर ति सबै अक्षर, सबै शब्द अहिलेको अवस्थामा मेल खाइरहेका छैनन्। उसले शोभालाई सान्त्वना दिनेभन्दा बढी केही गर्न सकिरहेकै छैन । के गर्ने? के?
शोभा अझै बढी छटपटाउन थाल्छे । विजयलाई शोभाको गुप्तांगबाट केही निस्किरहेझैँ लाग्छ। बच्चा? उसको मनमा एउटा अनौठो आश पलाउँछ । अनुहारमा एउटा अनौठो रौनक । ऊ शोभाको शिर छोडेर खुट्टातिर आएर बस्छ । शोभाको यौनांगबाट केही कुरो निस्किँदैछ, तर जे निस्किँदैछ के त्यो बच्चा हो? सुरुमा दुई'टा लामा लामा काला सिन्काजस्ता केही कुरा निस्किन्छन। अनि तिसँग सँगै निस्किन्छ एउटा उस्तै कालो गोलो टाउको ।अनुहारनै पुरै ढाक्ने ठुला ठुला आँखा छन् त्यसको । विजयले ति आँखालाई पहिले कतै देखेको छ । ति आँखामा रहेको चमकलाई ऊ पहिल्यैदेखि चिन्दछ । विजय स्तब्ध छ । उसका हातहरू विस्तारै त्यो जन्मदै गरेको अनौठो प्राणीतर्फ बढ्छन् । विस्तारै त्यो अनौठो प्राणीको टाउको समाउँछन् । शोभाको छटपटी बढ्दै गैरहेको छ । विजयले विस्तारै त्यो अनौठो प्राणीलाई बाहिर निकाल्छ, तर त्यो अनौठो प्राणी जति जति बाहिर निस्किँदै जान्छ, त्यति त्यति अनौठो रहँदैन । शोभाभित्रबाट पुरै निस्किएर विजयका हातमा आइसकुन्जेलसम्ममा प्रष्ट हुन्छ, विजयले त्यो अनौठो प्राणीलाई राम्रोसँग चिन्दछ । एउटा ठुलो गोलो टाउको, उस्तै गोलो ठुलो जीउ । चम्किला ठुला आँखा । अनगिन्ति हातखुट्टा । बिहान उसको पाखुरामा नराम्ररी टोक्ने प्राणी, उसले दाह्री काटेको शान्त भएर नियालीरहने प्राणी अहिले उसैको सन्तान बनेर उसको हातमा सुतिरहेको छ । उसका ठुला चम्किला आँखा विजयलाई नै हेरिरहेका छन् । ति अवोध आँखामा एउटा अनौठो स्नेह देख्छ विजय । विजयको अनुहारमा विस्तारै खुशी बढ्दै गएको भान हुन्छ । उसको अनुहार उज्यालो हुँदै जान्छ । ऊ हाँस्छ । हल्का मुस्काउँछ । ऊभित्रको पितृत्व विस्तारै जाग्दै गएको छ । अचानकै कहिँ कतै टाढा केही बजेजस्तो लाग्छ । कुनै घन्टी! विजयले आफ्नो सन्तानलाई माया गरेर म्वाई खाइरहँदा त्यो आवाज बिस्तारै बढेर ठुलो हुँदै जान्छ । अझ ठुलो, अझ ठुलो!!!
***
हस्पिटलका
चिसा बरन्डा संसारकै सबैभन्दा असहज ठाउँ लाग्छन विजयलाई । कसैको डर, कसैका
उत्सुकता, कसैको खुशी अनि कसैको रोदन मिसिएकाले होला यहाँको हावाको गन्ध
बडो अनौठो गनाउँछ । यस्तो हावामा विजयलाई सास फेर्न पनि डर लाग्छ ।
केहीबेर सास नफेरेर नमरिने भैदेको भए विजयले अहिले सास रोकेर बस्थ्यो होला
! तर केहीबेर भनेको कति? कति समयसम्म सास रोकेर बस्न सकिने हुनुपर्ने?
प्रकृतिले त्यस्तो नियम बनाइदिएकी भए पनि विजयका लागि अहिले त्यो कम नै
हुन जान्थ्यो । कतिन्जेल बस्नुपर्ने हो ऊ यहाँ उसैलाई थाहा छैन । औषधी खाएर किताब पढ्न बसेको विजय कुन बेला निदाएछ उसले पत्तै पाएन! अचानकै बजेको फोनको घन्टीले उसलाई ब्युँझाइदिँदा बेलुकीको चार बजिसकेको थियो । ब्युँझदा ऊसको टाउको भारी थियो, तर शरीर हल्का! पसीनाले निथ्रुक्कै भिजेको थियो ऊ । औषधीको असरले होला । ज्वरो रत्तिभर थिएन । फोनको घन्टी लगातार बजिरहेकै थियो । विजयलाई त्यो फोनको घन्टी कहिले त्यति प्यारो लागेको थिएन । विजयले सम्झन पनि नचाहने सपनाबाट ब्युँझाइदिएको त्यो फोनको घन्टी उसको जीवन रक्षार्थ आएको देवदूतसरह भएको थियो । तर कहिलेकाहिँ यथार्थ सपनाभन्दा पनि भयङ्कर भैदिन्छ । फोन उठाउने बित्तिकै उसको शरीर फतक्कै गलेर आयो । टाउकोको दुखाइ झन् बढेर गयो । ज्वरो ह्वात्तै बढेजस्तो भयो । फोन समाईरहेका उसका हात लगलग काम्न थाले । आँखाभरी डम्म आँसु भरिएर आयो । उसले राम्रोसँग जवाफ फर्काउन पनि सकेन । फोनको रिसिभर राम्रोसँग तल राख्न पनि नपाउँदै ऊ बेतोडले कोठाबाहिर कुँदीसकेको थियो । काफ्का उसको टेबलबाट खसेर भुइँमा झरेको पनि उसले पत्तो पाएन ।
वेटिङ लाउन्जमा मानिसहरूको भिड छ । एमर्जेन्सीमा ल्याएका बिरामीका आफन्त भएकाले एक बिरामी, एक कुरुवा नियम लागु हुँदैन । भएपनि कसैले टेर-पुच्छर लाउने होइनन् । भित्र बिरामी भन्दा बाहिर तिनका आफन्त बढी छटपटाइरहेको भान हुन्छ । नहोउन पनि किन? आफ्ना मान्छे मर्छ की बाँच्छ बह्न्ने अन्यौल, अनि बाँचेन भन्ने खबर सुन्न जति गाह्रो अरू के नै हुन्छ होला र? अहिले विजयलाई भैरहेको छट्पटी पनि त्यस्तै होइन र? शोभालाई केही भैहाल्यो भने उसले के गर्ला? अनि बच्चा? हस्पिटलबाट घर फर्किने बित्तिकै विजयले सिंढीलाई केही गर्ने सोच्छ, तर के गर्ने? भत्काउने? सिंढीको त गल्ती होइन । सिंढीले शोभालाई चिप्लाइदिएको त होइन । शोभालाई माथिल्लो तल्लामा नजान भन्दा भन्दै पनि ऊ आफैँ गएकी हो । गल्ति शोभाको नै हो । ऊ नै मान्छे अटेरी छे । विजयलाई अचानकै शोभा सम्झेर रिस उठेर आउँछ । ऊ किन चुपो लागेर तलै बसिरहन सकिन?
विजयको छटपटी अचानकै बढेर आउँछ । ऊ उठेर बाथरुमतिर जान्छ । बाथरुम प्याक छ । भित्र पस्नको लागि लामो लाइन छ । विजय लाम लागेर झ्यालबाट बाहिर हेर्छ । हस्पिटल अगाडीको एउटा सानो होटल अझै पनि खुल्लै छ । केही बिरामी कुरुवाहरू त्यहाँ खाना खाँदैछन । त्यहाँ म:म: पाकीरहेछ । विजयलाई एक्कासी म:म: खान मन लागेर आउँछ । म:म:को मिठो गन्ध उसको नाकको पोरा हुँदै दिमागसम्म पुग्छ । दिउँसोदेखि खाली रहेको उसको पेट एकपल्ट मजैले कराउँछ । विजयलाई बल्ल भोक लागेको भान हुन्छ । बाथरुम गएर फर्किएपछी दुई प्लेट म:म: खाएर आउने उसले मन बनाउँछ ।
***
बाथरुमबाट फर्किंदा विजयले एउटा अनौठो आवाज सुन्छ । हस्पिटलकै एमर्जेन्सी वार्डतर्फ जाने बरन्डाबाट आइरहेको छ त्यो आवाज । शोभाको अप्रेसन अहिले त्यहिँ एउटा वार्डमा भैरहेको छ । त्यो आवाज पहिले सानो सुनिन्छ । कोही रोएको जस्तो । हस्पिटलमा कसैको चित्कार सुनिनु ठुलो कुरा होइन, तर बरन्डाको अर्को कुनासम्मै कोही मान्छे छैनन्! बरन्डा खाली छ । बिरामी स्वयम्को चित्कार पनि हुन सक्छ । हे भगवान, शोभा? विजयको छाती ढक्क फुलेर आउँछ । पाइला टक्क अडिन्छन । तर आवाज वार्डभित्रबाट आइरहेको छैन । विजय हिम्मत गरेर अगाडी बढ्छ । शोभाको वार्ड जति जति नजिक आउँछ, चित्कार झन् झन् ठुलो हुँदै जान्छ । सँगसँगै विजयको मुटु पनि चाँडो चाँडो ढुकढुक गर्दै जान्छ । शोभालाई राखेको वार्डको अघिल्तिर आइपुग्दासम्म उसको छट्पटी बढेर उसलाई गाह्रो भैसकेको हुन्छ । त्यहाँ उसले जे देख्छ, त्यसले उसको डर कम भएर जाँदैन । शोभाको वार्डको ढोकाबाहिर रगतको लामो धर्को देखिन्छ । कसैले कसैको लाश घिसार्दै लागेको जस्तो देखिने त्यो रगतको धर्को शोभाको ढोकाभित्र बाट सुरु भएर अगाडी बरन्डामा गएर मोडिएको छ । आवाज पनि त्यतै बरन्डाबाट आइरहेको छ । विजय त्यही रगत पछ्याउँदै आवाज आएतिर दौडिन्छ । बरन्डाको कुनाबाट चिहाएर हेर्छ ।
त्यो ठुलो कमिलाको अनुहारमा विजयले बिहान बाथरुमको ऐनामा देखेजस्तै भाव छ । विजयको सपनामा जस्तै शान्त र अवोध देखिन्छन उसका आँखा । फरक यत्ति हो ति आँखामा विजयले पहिले देखे जस्तो चमक छैन । आँखा भावविव्हल देखिन्छन । आँसु खसेको छैन, तर पनि त्यो ठुलो कमिलाको तिखो चित्कारले उसलाई भैरहेको पिडा प्रष्ट थाहा पाउन सकिन्छ । रगतपक्ष छ उसको शरीर । अनि उसको शरीरलाई घिसार्दै लिएर गैरहेकाछन् अनगिन्ति साना काला कमिला । ति सबै साना काला कमिलाको अनुहार काटीकुटी विजयकै जस्तो छ । काटीकुटी । ठ्याक्कै उस्तै अघिल्तिर खप्टिएका दाँत । विजय ति आफ्ना अनुहार भएका अनगिन्ति साना काला कमिलाले त्यो एउटा ठुलो अवोध कमिलालाई लछार्दै, घिसार्दै लगेको हेरिरहन्छ ।
***
डाक्टरले
शोभा बितेको खबर सुनाउँदा विजयले कुनै प्रतिक्रिया जनाएन । बिहानदेखि उसँग
भैरहेका अनौठा अनौठा घटनाले ऊभित्रका डर लगायतका सबै भावना लगभग
रित्तिसकेका छन् । त्यसैले डाक्टरले शोभालाई बचाउने सबै प्रयास गरेर पनि
बचाउन नसकेकोमा खेद गर्दा पनि उसले रुने की चिच्याउने नै थाहा पाउँदैन । ऊ
केही नबोली त्यतिकै ठिङ्ग उभिइरहन्छ! डाक्टरले उसलाई शोभाको मृत शरीरसँग
केही बेर छोडीदिन्छन । विजयले शोभालाई केहीबेर नियालेर हेर्छ । मनभरी!
उसको अनुहार सेतो देखिन्छ । उसका बन्द आँखा । शोभासँगै राखिएको उसको मृत
बच्चालाई यसो एक झल्को हेर्छ । उसलाई अचानकै सास फेर्न गाह्रो भएको जस्तो
भएर आउँछ । सरासर वार्ड बाहिर निस्किन्छ । बरन्डा, लाउन्ज कतै रोकिँदैन ।
सिधै मूलगेट बाहिर गएर रोकिन्छ अनि बल्ल लामो सास फेर्छ । दिउँसोदेखि
गर्मीले गलाएको उसलाई बल्ल शितल अनुभव हुन्छ । एकछैन त्यही गेटमा अडिएर
साँझको चिसो हावालाई अनुभव गर्छ विजय, अनि अचानकै त्यहिँ गेटमा आड लाएर
रुन थाल्छ । हस्पिटल भित्र बाहिर गरिरहेका मान्छेहरू टक्क रोकिएर उसलाई
रोएको हेरीरहन्छन । तर त्यहाँ कसैको आँखामा पनि अचम्मको भाव छैन । सबैलाई
थाहा छ, अस्पतालमा कोही मान्छे रोएको देखिनु ठुलो कुरा होइन ।केहीबेरको चित्कारपछी विजयलाई हल्का भएको अनुभव हुन्छ । यस्तो लाग्छ मानौं उसको छातीबाट एउटा ठुलो ढुङ्गा उत्रेको छ । ऊ सबै व्यवहारबाट मुक्त भएको छ । सबै औपचारिकताबाट स्वतन्त्र । उसले फेरी एकपटक लामो सास फेर्छ । हावासँगै म:म:को मिठो गन्ध उसको नाकभित्र पस्छन । उसको पेटले भोक लागेको सङ्केत गर्छ । दिउँसोदेखि केही खाएको छैन उसले । विजय कतै नहेरी होटेलतर्फ पाइला तताउँछ ।
***
सुरूमा राम्रो छ, पढ्दै गयो लास्टमा पुगेपछि खल्लो लाग्यो! खै के खै के नपुगेजस्तो: (
ReplyDeleteधन्यवाद! लेख्दै जाँदा भावना धेर बहकिएर होला | अर्को कथामा नुन मसला सबै ट्वाक्क मिलाएर लेख्ने प्रयत्न गरिनेछ | सकभर खल्लो नलागोस् भन्ने प्रयास रहनेछ | ;)
ReplyDeleteraamro lagyo sandeep.
ReplyDeleteThank you, dai. :)
Delete